इरानबाट गरिएको ड्रोन आक्रमणमा युएईमा कार्यरत नेपाली युवकको मृत्यु

193 Shares

काठमाडौं — इरानबाट गरिएको ड्रोन आक्रमणका क्रममा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ।

अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ उक्त घटनामा ज्यान गुमाएका हुन्।

संयुक्त अरब इमिरेट्सको परराष्ट्र मन्त्रालयबाट प्राप्त आधिकारिक जानकारीअनुसार ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत श्रेष्ठको दुःखद निधन भएको हो।

राजदूतावासले मृतकका परिवारसँग सम्पर्कमा रहेको जनाएको छ।