एजेन्सी । पाकिस्तानको कराँचीमा अमेरिकी वाणिज्य दूतावास नजिक प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपमा कम्तीमा ९ जनाको मृत्यु र ३२ घाइते भएका छन्।
घाइते सबैको कारण ‘गोली’ भएको बताइएको छ। सिभिल अस्पताल कराँची ट्रमा सेन्टरमा ६ शव ल्याइएको छ भने जिन्नाह पोस्टग्रेजुएट मेडिकल सेन्टरमा प्रहरीसहित घाइते अन्यको उपचार भइरहेको छ। प्रहरीलाई प्रदर्शनकारीहरूले ‘कडा र कुटिल उपकरण’ प्रहार गरी घाइते बनाएको जानकारी छ।
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्यापछि सुरु भएको विरोध प्रदर्शन उग्र रूप लिएको थियो। प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरी प्रदर्शनकारी नियन्त्रणमा लिएको छ।
सिन्धका गृहमन्त्री जियाउल हसन लन्जरले घटनाको प्रतिवेदन माग्दै संवेदनशील क्षेत्रको सुरक्षा कडा पार्ने र कानुन उल्लङ्घन गर्ने विरुद्ध कारबाही गरिने चेतावनी दिएका छन्।







फेसबुकबाट तपाईको प्रतिक्रिया