काठमाडाैं । कतारमा इरानी मिसाइल आक्रमणका कारण १६ जना घाइते भएका छन्।
कतार गृह मन्त्रालय**का अनुसार प्रारम्भमा ८ जना घाइते भएका थिए, थप ८ जनाको घाइते हुनुसंगै कुल संख्या १६ पुगेको छ। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
कतार रक्षा मन्त्रालय**ले इरानबाट प्रहार गरिएका करिब ६५ ब्यालिस्टिक मिसाइल र १२ ड्रोनमध्ये अधिकांशलाई हवाई रक्षा प्रणालीले नष्ट गरेको जनाएको छ। केही मिसाइलका टुक्रा आवासीय क्षेत्रमा खस्दा सामान्य मानवीय तथा भौतिक क्षति भएको छ।
सरकारले नागरिक, विशेषगरी नेपालीसहितका आप्रवासी कामदारलाई घरभित्रै बस्न, शंकास्पद वस्तु नछुन र आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ। हाल हवाई तथा समुद्री यातायातमा अस्थायी प्रतिबन्ध लगाइएको छ भने विद्यालयहरूमा अनलाइन कक्षा सञ्चालन भइरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया