निर्वाचन दिन सवारी पास आवश्यक नपर्ने व्यवस्था स्पष्ट

127 Shares

काठमाडाैं । जेनजी आन्दोलनपछि फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब चार दिन मात्र बाँकी रहेको छ।

निर्वाचन आयोगले भनेको छ कि सोही निर्वाचनका दिन विभिन्न सवारी साधन सञ्चालन गर्न कुनै प्रकारको पास आवश्यक पर्ने छैन। आयोगले सवारीसाधन सञ्चालन व्यवस्थापन प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउने उद्देश्यले सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुसार पास आवश्यक नपर्ने स्पष्ट पारेको हो।

आयोगले नेपाल सरकारलाई सिफारिस गरेको छ कि देहाय बमोजिमका सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने सवारी साधनमा पास आवश्यक नपर्ने व्यवस्था मिलाउन।

पास नचाहिने सवारी साधनहरू:

  • दमकल, एम्बुलेन्स, शववाहन, खानेपानीका सवारी

  • दूध, फलफूल, तरकारी, माछा, मासु र पेट्रोलियम पदार्थ बोकेका सवारी

  • दूरसञ्चार सेवा, खानेपानी, विद्युत, ढल मर्मतका सवारी

  • अस्पताल सेवाका सवारी (चिकितकर्मीलाई घर–अस्पताल आवतजावत गर्न)

  • अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारी

  • हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, बच्चा बोकेकी महिला, क्रियापुत्री, अशक्त/अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक मतदाता र उनका सहयोगी बोकेका सवारी

  • नम्बर प्लेटमा ‘सिडी’ भएका कूटनीतिक नियोगका सवारी

  • आयोगबाट जारी पर्यवेक्षक परिचयपत्रधारीको सवारी

  • राष्ट्रिय मानवअधिकार आयोगको अनुगमन/पर्यवेक्षण सवारी

  • प्रेस पास भएका सञ्चारकर्मीका सवारी

निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रतिनिधि रहेको एकीकृत सवारीसाधन आवागमन डेस्क निर्वाचन आयोग परिसरमा स्थापना गरिएको छ। यस डेस्कबाट काठमाडौँ, भक्तपुर र ललितपुरबाट जारी हुनुपर्ने सवारी पास पनि उपलब्ध गराइँदैछ।