बोलिभियामा सैन्य कार्गो विमान दुर्घटना : ११ जनाको मृत्यु

159 Shares

काठमाडौं । बोलिभियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।

देशको दोस्रो ठूलो सहर एल आल्टोमा भएको उक्त दुर्घटनामा ११ जनाको ज्यान गएको मिडिया रिपोर्टमा उल्लेख छ। दमकल अधिकारीहरूले पनि ११ जनाको मृत्यु पुष्टि गरेका छन्।

Bolivia Air Traffic Control Authorityका अनुसार शुक्रबार स्थानीय समयअनुसार बेलुकी ६:२० बजे विमान दुर्घटनामा परेको हो। सान्ता क्रुज दे ला सिएराबाट उडेको विमान एल आल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा रनवेबाट चिप्लिएको थियो।

रनवेबाट चिप्लिएको विमान नजिकैको हाइवेमा पुगेर सडकमा रहेका सवारीसाधनसँग ठोक्किएको बताइएको छ।

दुर्घटनापछि विमानस्थल बन्द गरी छानबिन सुरू गरिएको BBCले जनाएको छ।