काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्।
दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा मन्त्री अर्यालले विगतमा देखिएका कमजोरीहरू सच्याउँदै यस पटक निर्वाचन पूर्ण रूपमा धाँधलीरहित, शान्तिपूर्वक र निर्भीक वातावरणमा सम्पन्न गर्न निर्देशन दिएका छन्।
सरकारका प्रवक्ता समेत रहेका उनले सामाजिक सञ्जालमा फैलिने गलत, मिथ्या वा दुष्प्रचारबाट सचेत हुन र आफ्ना निर्वाचन क्षेत्रमा तयारीमा जुट्न सबै पक्षलाई आग्रह गरेका छन्।
शुक्रबार बिहान, गृहमन्त्री अर्यालसहित कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको टोलीले मतदान केन्द्रको अनुगमन गर्दा निर्वाचन सुरक्षाबारे स्थानीय सरोकारवालाहरूसँग अन्तरक्रिया पनि गरेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया