निर्वाचन रणनीतिबारे प्रचण्डले आज धारणा सार्वजनिक गर्ने

141 Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ले प्रतिनिधिसभा सदस्य निर्वाचनका समसामयिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएका छन् ।

यही फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा पार्टीको रणनीति तथा पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन दाहालले पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार दिउँसो ३ बजे पत्रकार भेटघाट कार्यक्रम तय गरिएको छ ।

केन्द्रीय कार्यालयका अनुसार संयोजक दाहालले सञ्चारकर्मीसँग प्रत्यक्ष संवाद गर्दै निर्वाचन केन्द्रित विभिन्न विषयमा प्रस्ट पार्नुहुनेछ । निर्वाचनसम्बन्धी समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ ।

देशभर चुनावी सरगर्मी बढिरहेका बेला दाहालले सार्वजनिक गर्ने धारणा राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । कार्यक्रममा समाचार संकलनका लागि सञ्चारकर्मीलाई निमन्त्रणा गरिएको छ ।