पूर्वसभापति देउवा उपचारका लागि सिंगापुर प्रस्थान

157 Shares

काठमाडाैं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गर्नुभएको छ ।

अध्यागमन स्रोतका अनुसार देउवा बुधबार राति साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर एयरलाइन्समार्फत विदेश उड्नुभएको हो । देउवा परिवारका सदस्यसँगै स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएको स्रोतले जनाएको छ ।

सिंगापुर प्रस्थानको समय आम निर्वाचन आउन एक हप्ता मात्रै बाँकी रहेको अवस्थामा भएको छ । पार्टीको आन्तरिक विवादका कारण देउवा निर्वाचनप्रति सकारात्मक नदेखिने चर्चा भइरहेका बेला उहाँको विदेश प्रस्थानलाई चुनाव छल्नको लागि भएको हो भन्ने चर्चा पार्टीभित्र चलेको छ ।

यद्यपि, पूर्वसभापति देउवा यसअघि पनि स्वास्थ्य उपचारका लागि पटक–पटक सिंगापुर यात्रा गरिसक्नु भएको थियो । गत भदौमा भएका जेनजी विद्रोहका क्रममा घाइते भएपछि भारतमा उपचार गराउनुभएको थियो । केही महिना अघि मात्र पार्टीको विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएपछि देउवा सक्रिय राजनीतिक गतिविधिबाट केही समय ओझेलमा परेको बताइएको छ ।