काठमाडाैं । स्याङ्जाका ६ स्थानीय तहले ४४औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा फागुन १५ गते शुक्रबार सार्वजनिक बिदा दिएका छन् ।
जिल्लाका वालिङ नगरपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका र चापाकोट नगरपालिका साथै कालीगण्डकी गाउँपालिका र विरुवा गाउँपालिका ले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
११ वटा स्थानीय तह रहेको स्याङ्जामा ६ वटा स्थानीय सरकारले मगर समुदायको पर्वका रूपमा मनाइने राष्ट्रिय मगर एकता दिवसको अवसरमा बिदा दिएका छन् ।
सार्वजनिक बिदा दिएका स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघसंस्थाहरू बन्द रहने जनाइएको छ ।







फेसबुकबाट तपाईको प्रतिक्रिया