एजेन्सी । अमेरिकी राष्ट्रपति Donald Trump ले भेनेजुएलाबाट आठ करोड ब्यारेलभन्दा बढी तेल प्राप्त गरेको जानकारी दिनुभएको छ ।
अमेरिकी संसद United States Congress मा वार्षिक ‘स्टेट अफ द युनियन’ सम्बोधनका क्रममा उहाँले नयाँ साझेदार भेनेजुएलाबाट तेल आयात सुरु भएको बताउनुभएको हो । बीबीसीका अनुसार ट्रम्पले अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले बढेको दाबी गर्दै आफ्नो पुरानो नारा “ड्रिल, बेबी, ड्रिल” दोहोर्याउनुभयो ।
अमेरिकाले विशेष सैन्य कारबाहीमार्फत भेनेजुएलाका राष्ट्रपति Nicolás Maduro लाई पक्राउ गरेपछि भेनेजुएलाको तेल अमेरिका भित्रन थालेको उल्लेख गरिएको छ । ट्रम्प प्रशासनले भेनेजुएलाको तेल उद्योग अमेरिकी कम्पनीहरूका लागि खोल्ने संकेतसमेत दिएको जनाइएको छ ।
त्यस्तै, राष्ट्रपति ट्रम्पले भारत–पाकिस्तान द्वन्द्वमा आफूले हस्तक्षेप नगरेको भए आणविक युद्ध हुन सक्ने र करिब साढे तीन करोड मानिसको ज्यान जान सक्ने दाबी गर्नुभयो । आफ्नो कार्यकालको १० महिनामा आठवटा युद्ध अन्त्य गरेको दाबी गर्दै उहाँले भारत–पाकिस्तानबीचको तनाव कम गर्नु ठूलो मानवीय उपलब्धि भएको बताउनुभयो ।
एक घण्टा ५० मिनेट लामो सम्बोधनमा ट्रम्पले अमेरिका पहिलेभन्दा ठूलो, राम्रो, धनी र बलियो बनेको दाबीसमेत गर्नुभएको थियो ।







फेसबुकबाट तपाईको प्रतिक्रिया