काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड साबित्रा भण्डारी (साम्बा)ले आफ्नो उपचारका लागि आवश्यक रकम संकलन भइसकेको भन्दै अब थप सहयोग नगर्न आग्रह गरेकी छन्।
साम्बाले सोमबार उपचारका लागि सहयोग अपिल गरेपछि २४ घण्टाभित्रै नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) संकलित भएको जानकारी दिएकी छन्। उनले यस रकमले उनको जटिल शल्यक्रियाको खर्च पूरा हुने र अब थप आर्थिक सहयोगको आवश्यकता नरहेको स्पष्ट पारेकी छिन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया