काठमाडाैं । रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा अस्ट्रेलिया, साउदी अरब, चीन, माल्दिभ्स र तुर्किये गणतन्त्रका राजदूतहरूले ओहोदाको पत्र बुझाएका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार उक्त राजदूतहरूले प्रमाणपत्र बुझाउँदा औपचारिक कार्यक्रम अनुसार स्वागत गरिएको थियो।








फेसबुकबाट तपाईको प्रतिक्रिया