काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भूमिका पहिलेभन्दा झनै फरक र महत्वपूर्ण हुने बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा एमालेनिकट मुक्ति समाज दोलखाका नेता–कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै उनले निर्वाचनपछि सरकार गठन प्रक्रियामा नेकपाको निर्णायक भूमिका रहने दाबी गरे ।
निर्वाचन आउन केही दिन मात्र बाँकी रहेको उल्लेख गर्दै उनले सबै नेता तथा कार्यकर्ताले थप मेहनत गरे नेकपा पहिलो पार्टी बन्न सक्ने विश्वास व्यक्त गरे । उनले वर्तमान राजनीतिक परिस्थितिमा नेकपा गठनपछि नयाँ ध्रुवीकरणको माहोल सिर्जना भएको र आगामी दिनमा सबै वामपन्थी तथा कम्युनिस्ट शक्तिहरू पुनः एकै ठाउँमा आउने वातावरण बन्ने बताए ।
प्रचण्डले मतदाताले नेकपालाई एकीकृत वामपन्थी शक्तिका रूपमा हेरिरहेको उल्लेख गर्दै निर्वाचनमा सकारात्मक परिणाम आउने दाबी गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया