159
Shares
एजेन्सी । बेलायतका पूर्वराजदूत Peter Mandelsonलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार दिवंगत यौन अपराध अभियुक्त Jeffrey Epsteinसँग सम्बन्धित फाइलहरूमा म्यान्डेलसनको नाम मुछिएपछि सोधपुछका लागि उनलाई सोमबार नियन्त्रणमा लिइएको हो । अन्तर्राष्ट्रिय समाचार संस्था Reutersका अनुसार म्यान्डेलसन र एपस्टिनबीच भएका संवादहरू सरकारले प्रहरीलाई उपलब्ध गराएपछि अनुसन्धान अघि बढाइएको हो ।
७२ वर्षीय म्यान्डेलसनलाई सोमबार बिहान क्याम्डेनस्थित उनकै निवासबाट पक्राउ गरिएको जनाइएको छ । त्यस क्रममा सादा पोसाकमा पुगेका प्रहरीहरूले उनलाई घरबाट बाहिर ल्याई गाडीमार्फत प्रहरी कार्यालय लगेका थिए ।
घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया