धादिङ बस दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन

175 Shares

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा भएको यात्रुवाहक बस दुर्घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय कार्यदल गठन गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार सहसचिवको नेतृत्वमा कार्यदल गठन गरिएको हो। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको बस दुर्घटनामा ४४ यात्रुमध्ये १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले दुर्घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको हो।

दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरीसशस्त्र प्रहरी बलको समन्वयमा उद्धारकार्य गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।samiti-gathan-.webp