दुर्गा प्रसाईंको रिहाइ माग गर्दै काठमाडौंमा मोटरसाइकल र्‍याली

194 Shares

काठमाडौं: दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै राजधानीमा मोटरसाइकल र्‍याली निकालिएको छ।

आइतबार माइतीघर मण्डलामा भेला भएका राजावादी समूहले प्रसाईंको तत्काल रिहाइको माग गर्दै र्‍याली निकालेका हुन्। सहभागीहरूले प्रसाईंलाई पक्राउ गरिएको भन्दै सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए।

प्रसाईंलाई फागुन ४ गते भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो।

पक्राउको विरोधमा हिन्दुराज्य कायम गर्नुपर्ने नारासहित सहभागीहरूले गणतन्त्र विरोधी नारासमेत लगाएका थिए। माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली भद्रकालीमा पुगेर समापन भएको थियो।