रामेछाप जिल्ला मा बोलेरो ठक्करबाट ५ वर्षीय बालिकाको मृत्यु

161 Shares

काठमाडौं । रामेछाप नगरपालिका वडा नं ६ मा बोलेरोको ठक्करबाट अन्दाजी ५ वर्षीया बालिकाको ज्यान गएको रामेछाप प्रहरी ले जनाएको छ।

शनिबार बगमती प्रदेश ०३१ च ५०७५ नम्बरको बोलेरो ले बालिकालाई ठक्कर दिएको थियो। प्रहरी प्रवक्ता राजन प्रसाद तिमिल्सिना का अनुसार, बालिक पसलमा सामान किनिरहेको अवस्थामा बोलेरो पसल सटर भित्रै प्रवेश गरेको थियो।

स्थानीयहरूले बताएका अनुसार, बोलेरो चालक नभएको मौका छोपेर अटो चालक तिर्थ बहादुर तामाङ ले गाडी चलाउँदा घटना भएको हो। प्रहरीले थप जानकारी संकलन गर्दैछ।