चुनावका लागि बेस क्याम्प खडा गर्न सेना बोकेर हिँडेको बस दुर्घटना

128 Shares

काठमाडौंभोजपुरको भोजपुर नगरपालिका–३ सेतीबगरमा नेपाली सेना सवार बस दुर्घटनामा परेको छ।

नेपाल प्रहरीका अनुसार नेपाली सेनाको टोली प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि टेम्केमैयुङ गाउँपालिकामा बेस क्याम्प स्थापना गर्न जाँदै गर्दा ना४ख ७३१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो।

दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइतेमध्ये ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको भोजपुर प्रहरीले जनाएको छ।

घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।