पश्चिमी वायुको सामान्य प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

132 Shares

काठमाडौं हाल नेपाल मा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान कोशी प्रदेश, गण्डकी प्रदेशकर्णाली प्रदेश का उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली लागेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

मंगलबार दिउँसो तराई भू–भागका केही स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको जनाइएको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै मंगलबार राति तराई भू–भागका केही स्थानमा तुवाँलो लाग्ने सम्भावना छ। कर्णाली, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा राति हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।