काठमाडौँ । काठमाडौं नेशनल मेडिकल कलेज एण्ड टिचिङ ले फागुन ९ गते शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निःशुल्क ‘सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर’ सञ्चालन गर्ने भएको छ।
शिविरमा विशेषज्ञ सर्जन र स्त्रीरोग विशेषज्ञहरूले बिरामीलाई शल्यसम्बन्धी समस्या (पाइल्स, फिसर, हर्निया, मिर्गौला तथा पित्तथैलीको ढुंगा, डायबेटिक फुट, प्रोस्टेट) र स्त्रीरोग सम्बन्धी समस्या (माहिनावारी अनियमितता, पाठेघर झर्ने, पीसीओडी, सन्तान नहुने आदि) को जाँच तथा परामर्श उपलब्ध गराउनेछन्।
शिविरमा सहभागीलाई फलोअप शल्यक्रियामा ४०%, अल्ट्रासाउन्डमा ५०%, अन्य परीक्षणमा ३०% छुट प्रदान गरिनेछ। साथै पिसाब र रगतमा चिनी जाँच निःशुल्क हुनेछ।
अस्पतालले आवश्यक परेमा अग्रिम दर्ता गर्न पनि आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया