काठमाडौं । मोन्टी देसाई ले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने दृढता व्यक्त गरेका छन् ।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियम मा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व मुख्य प्रशिक्षक देसाईले आफ्नो जन्मस्थलसँगको सम्बन्ध र नेपाल राष्ट्रिय क्रिकेट टोली प्रतिको लगाव जोडेर यस्तो बताएका हुन् ।
उनले मुम्बईलाई आफ्नो घर र वानखेडेलाई प्राकृतिक परिवेश माने पनि नेपालप्रतिको समर्थनका लागि आफूलाई विशेष कारण रहेको बताए । नेपाली टोलीको निरन्तर विश्वकप सहभागिताप्रति गर्व व्यक्त गर्दै अब केवल प्रतिस्पर्धामा सीमित नभई जित निकाल्ने समय आएको उनले उल्लेख गरे ।
देसाईले सन् २०२३ को ‘कोर ग्रुप’ ले अब परिणाम निकाल्नुपर्ने र यसले विश्वस्तरमा नेपाललाई थप पहिचान दिलाउने विश्वास व्यक्त गरे । उनका अनुसार विश्व मञ्चमा जित हासिल गर्नु आगामी पुस्ताका खेलाडीका लागि ठूलो प्रेरणा बन्नेछ ।
उनले नेपाली समर्थकहरूको अटुट मायालाई आफ्नो मुख्य प्रेरणा भएको पनि बताएका छन् । मैदानमा कहिलेकाहीँ प्रदर्शनमा एकरूपता नदेखिए पनि मैदान बाहिर समर्थकहरूको साथ सधैं उत्कृष्ट रहेको उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया