काठमाडौं । मौसम पूर्वानुमान महाशाखा ले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
आइतबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली देखिएको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ ।
महाशाखाका अनुसार दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्ने सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश का हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
राति भने तराईका केही स्थानमा तुवाँलो लाग्ने सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीसँगै केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया