काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रि आज नेपाल सहित विश्वभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ । भगवान शिवको पूजा–आराधना गरी यो पर्व मनाउने परम्परा रहिआएको छ ।
महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । दर्शनका लागि स्वदेश तथा विदेशबाट हजारौँ श्रद्धालु आएका छन् ।
यस अवसरमा काठमाडौं लगायत देशभरका शिवालयमा विशेष पूजा, रुद्री, भजन–कीर्तन तथा दीप प्रज्वलन कार्यक्रम आयोजना भइरहेका छन् । धेरै श्रद्धालुले व्रत बसेर रातभर जाग्राम बस्ने परम्परा पनि निभाउँदै आएका छन् ।
महाशिवरात्रिलाई सत्य, संयम, साधना र आध्यात्मिक शक्तिको प्रतीकका रूपमा लिइन्छ । धार्मिक विश्वासअनुसार यस दिन भगवान शिवको पूजा गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।
सरकारले पर्वका अवसरमा सुरक्षा व्यवस्था कडा बनाएको छ भने पशुपति क्षेत्र आसपास ट्राफिक व्यवस्थापन विशेष रूपमा गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया