काठमाडौं । एसीसी महिला एशिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपाल पहिलो खेलमै पराजित भएको छ।
थाइल्यान्ड स्थित टेर्डथाई क्रिकेट मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा नेपाल पाकिस्तान ए महिला क्रिकेट टोली सँग ३० रनले पराजित भयो।
पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७ रनमात्र बनाउन सक्यो। नेपालकी विन्दु रावल ले ४५ बलमा ३९ रन बनाइन्। पाकिस्तानकी अनुशा नासिर ले ३ विकेट लिइन्।
यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो। पाकिस्तानकी कप्तान हफ्सा खालिद ले अविजित ४० रन बनाइन्। नेपालकी कविता कुँवर ले २ विकेट लिइन्।
नेपालले समूह चरणको दोस्रो खेल आइतबार यूएईसँग र अन्तिम खेल भारत ‘ए’ सँग खेल्नेछ। प्रतियोगितामा ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल खेल फेब्रुअरी २२ मा हुने तालिका रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया