इटलीविरुद्ध नेपाल टस हार्यो, पहिले ब्याटिङ गर्दै

219 Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इटलीविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।

मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा इटलीका निमित्त कप्तान ह्यारी मानेन्तीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन्। नेपालले आजको खेलका लागि टोलीमा एक परिवर्तन गर्दै शेर मल्लको स्थानमा ललित राजवंशीलाई समावेश गरेको छ।

नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएको थियो भने इटली पनि पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो। दुवै टोली आज पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन्।

नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, लोकेश बम, करण केसी, नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछाने रहेका छन्।