राष्ट्रिय निकुञ्जसम्बन्धी अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई राष्ट्रियसभा अध्यक्षको निर्देशन

196 Shares

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको छ।

शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष दाहालले उक्त प्रतिवेदनमा समावेश सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो। बैठकमा ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि विस्तृत छलफल गरिएको थियो।

सोही छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईले नेपालले अवलम्बन गरेको संरक्षणमुखी नीतिले दीर्घकालीन रूपमा पारिस्थितिक प्रणाली संरक्षण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो।