काठमाडौं : राष्ट्रियसभाको सोमबारको बैठकमा दुई वटा अध्ययन प्रतिवेदन सभासमक्ष पेस गरिएको छ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९’ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ सभासमक्ष प्रस्तुत गर्नुभएको हो। प्रतिवेदन पेस गर्दै उहाँले अध्यागमन व्यवस्थापनसम्बन्धी विधेयकबारे राष्ट्रियसभाका अध्यक्षसमक्ष स्पष्ट पार्नुभएको थियो।
त्यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेश गर्नुभएको छ।
बैठकमा दुवै प्रतिवेदन सम्बन्धित विषयमा छलफलका लागि अघि बढाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया