नेकपा एमालेका नेताद्वारा पार्टी परित्याग घोषणा

163 Shares

काठमाडौं : नेकपा एमालेका नेता जीतेन्द्र नारायण देवले आज पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ।

सोमबार जारी विज्ञप्ति मार्फत देवले एमाले छाडेको जानकारी गराउँदै पार्टी नेतृत्वप्रति कडा असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले विज्ञप्तिमा पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतर्फ धकेलिएको आरोप लगाउनुभएको छ भने स्वेच्छाचारी र विभेदकारी शैलीमा पार्टी सञ्चालन गरिएकोमा आपत्ति जनाउनुभएको छ।

देवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि एमालेको विचार, नीति र व्यवहारसँग आफू सहमत नभएको र त्यसैले पार्टी छाड्न बाध्य भएको बताउनुभएको छ। साथै, ‘जेनजी आन्दोलन’लाई विदेशी षड्यन्त्रको रूपमा चित्रण गरिएकोप्रति पनि उहाँले आपत्ति उठाउनुभएको छ।

दुई वर्षअघि नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका देवले अहिले पुनः पार्टीबाट अलग हुने निर्णय लिनुभएको हो।chunab.webp