काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत नयाँ पार्टीहरूले सत्तामा पुग्न हतार गरिरहेको आरोप लगाउनुभएको छ।
आईतवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै विप्लवले नयाँ पार्टीहरूले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम फैलाउँदै सत्तामा पुग्न हतार गरिरहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार यी पार्टीहरूले विचारभन्दा व्यक्ति मात्रै भए पुग्छ भन्ने दृष्टिकोण अपनाएका छन्।
उहाँले भन्नुभयो, “विचार केही होइन, पार्टी र नेता भए हुन्छ। अहिले के देखिन्छ भने सिद्धान्त र विचारको कुरा गर्नु हुँदैन। यसरी सत्तामा पुग्ने प्रयास गर्नु उपभोगवादी र लोकप्रियतावादी सोच हो, जुन पुँजीवादी संस्कृतिबाट प्रेरित छ।”
महासचिव विप्लवले कम्युनिष्ट पार्टीहरूबीचको एकता प्रक्रियाबाट आफ्नो पार्टी पछि हटेको भन्ने भ्रम फैलाउने प्रयास भएकोमा पनि प्रतिक्रिया दिनुभयो। उहाँले यस्तो भ्रम फैलाउनु गलत र अस्वीकार्य भएको बताउनुभयो।
विप्लवको यो अभिव्यक्तिले नयाँ राजनीतिक दलहरूको उदयप्रति माओवादी नेताको आलोचनात्मक दृष्टिकोणलाई प्रष्ट पार्दछ।







फेसबुकबाट तपाईको प्रतिक्रिया