शेयर बजार दोहोरो अंकले ओरालो, नेप्से १७ अंकले घट्यो

188 Shares

काठमाडौं – नेपाली शेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट जारी रहँदा नेप्से परिसूचक २७ सय १४ मा थामिएको छ। बजारमा उतार–चढाव भइरहे पनि कारोबार भने १४ अर्ब ५६ करोड रुपैयाँ भन्दा माथि कायम रहेको छ।

बजार विश्लेषण अनुसार, जलविद्युत, लगानी र सामूहिक लगानी कोष सामान्य अंकले हरियो भए पनि अन्य सबै समूह रातो रहे। विशेषगरी विकास बैंक र उत्पादनमूलक समूहमा २ प्रतिशतभन्दा बढी गिरावट देखिएको छ। बाँकी समूहमा सामान्य दरले ओरालो आएको छ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा ३२० कम्पनीको ३ करोड ५५ लाख कित्ता शेयर खरिद–बिक्री भएको छ। तीमध्ये १७० कम्पनीको मूल्य घट्दा ८५ कम्पनीको मूल्य बढ्यो।

घटेको बजारबीच पनि केही लगानीकर्ताले लाभ पाएका छन्। हिमाल दोलखा हाइड्रो र शिवश्री हाइड्रोका शेयरले ९ प्रतिशतभन्दा बढी प्रतिफल दिइसकेका छन्। यसदिन नादी ग्रुप पावर सबैभन्दा बढी, करिब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको एक्सचेन्जले जनाएको छ।