काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न तहमा अनुगमन अधिकृत तोकेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई मजबुत बनाउन सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिइएको छ । उनीहरूलाई आर्थिक बाहेकका विषयहरूको अनुगमन गर्ने जिम्मा दिइएको आयोगले जनाएको छ ।
यस्तै, आर्थिक पक्षसँग सम्बन्धित गतिविधिको अनुगमनका लागि प्रमुख कोष नियन्त्रक तथा कोष नियन्त्रकहरूलाई छुट्टाछुट्टै जिम्मेवारीसहित खटाइएको छ ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने तय भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय ढंगले सम्पन्न गर्न आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरिसकेको छ । उक्त आचारसंहिता माघ ४ गतेदेखि कार्यान्वयनमा आएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया