खुट्टाको संक्रमणपछि रवि लामिछाने अस्पताल भर्ना

199 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने खुट्टामा लागेको चोटमा संक्रमण देखिएपछि अस्पताल भर्ना भएका छन्।

गत माघ ५ गते जनकपुरमा आयोजित सभाका क्रममा लागेको चोट सुरुमा सामान्य देखिए पनि पछि संक्रमण फैलिएको बताइएको छ। संक्रमण छालाको भित्री तहसम्म पुगेपछि चिकित्सकको सल्लाहअनुसार उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको रविको सचिवालयले जनाएको छ।

स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार नभएसम्म उनलाई अस्पतालमै राखेर उपचार गरिनेछ। संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै उपचारपछि मात्र उनी नियमित राजनीतिक तथा सांगठनिक गतिविधिमा फर्किने जनाइएको छ।

यसैबीच, अस्पतालमा अन्य बिरामीको उपचारमा असर नपरोस् भन्ने उद्देश्यले भेटघाट नगर्न रविका स्वकीय सचिव अविनाश आचार्यले आग्रह गरेका छन्।