राष्ट्रिय सभाको बैठक सुरु, दुई समितिका प्रतिवेदन पेस हुँदै

185 Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक सिंहदरबारमा सुरु भएको छ। बैठकमा सांसदहरूले समसामयिक विषयमा आफ्ना धारणा राखिरहेका छन्।

आजको कार्यसूची अनुसार विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गर्नेछिन्।

त्यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले आर्थिक वर्ष २०८१/८२ को समितिको वार्षिक प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।