173
Shares
काठमाडौँ । निर्वाचन आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा जाजरकोटबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शक्ति बस्नेतसँग स्पष्टीकरण सोधेको छ।
आयोगका अनुसार माघ ६ गते प्राप्त उजुरीका आधारमा गरिएको छानबिनका क्रममा बाजागाजा बजाउँदै निर्वाचन आचारसंहिता उल्लंघन गरेको देखिएको भन्दै बस्नेतसँग स्पष्टीकरण मागिएको हो।
आयोगले पठाएको पत्रमा निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरेको देखिएकाले किन निर्वाचन कानूनबमोजिम कारबाही नगर्ने भन्ने विषयमा स्पष्ट जवाफ पेश गर्न आग्रह गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया