नेपालगञ्जमा बालेनका समर्थक सवार गाडीबाट खस्दा ५ जना घाइते

146 Shares

काठमाडौं । नेपालगञ्जस्थित राँझा विमानस्थल नजिक बालेन शाहका समर्थक सवार गाडीबाट खस्दा कम्तीमा पाँच जना घाइते भएका छन्।

बालेन शाह नेपालगञ्ज जाने क्रममा उनका समर्थकहरू विमानस्थल पुगेका थिए। सो क्रममा गाडीको पछाडिको भागबाट खस्दा उनीहरू घाइते भएका हुन्। घाइतेहरूलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले जानकारी दिए।

प्रहरीका अनुसार घटना विमानस्थलभित्रको सडक क्षेत्रमा भएको र सो स्थानमा गाडी तीव्र गतिमा नरहेको बताइएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको र आवश्यक उपचार गरिएको जनाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।