146
Shares
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त भएका छन्।
आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भुसाललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो। यससँगै दलको प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासे नियुक्त गरिएको छ।
यसअघि दलका नेता रहेका नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएपछि रिक्त रहेको स्थानमा भुसाललाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया