एमालेले पार्टी सदस्यलाई बहुमतका लागि सक्रिय हुन अपिल

148 Shares

काठमाडौँ — नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी निर्वाचनमा पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न सक्रिय हुन अपिल गर्दै पत्र पठाएको छ।

अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर सहित पठाइएको पत्रमा उल्लेख गरिएको छ, “देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ। अत: बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कमरेडहरूको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गर्दछु।”

पार्टी नेताहरूका अनुसार यो पत्र ६ लाख ६३ हजार पार्टी सदस्यहरूलाई वितरण गरिएको छ।

एमाले प्रचार विभाग संयोजक मीनबहादुर शाहीले बताए अनुसार, “पार्टीको यो अपिल केवल सदस्यहरूको लागि मात्र नभई आम मतदातालाई पनि हो।”