महावीर पुनलाई उज्यालो पार्टी नेपालको समर्थन

145 Shares

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई उज्यालो पार्टी नेपालले समर्थन गर्ने निर्णय गरेको छ ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत केही दलहरूले पनि पुनलाई समर्थन जनाउँदै आफ्ना उम्मेदवारहरू निष्क्रिय बनाइसकेका छन् । उज्यालो पार्टी नेपालका प्रवक्ता डा. राजु थापाले विज्ञप्ति जारी गर्दै पुनलाई औपचारिक समर्थन दिएको जानकारी दिएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाङ्गी गाउँमा जन्मिएका पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत हुन् । उनले अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए ।

उनको फरक शैलीको चुनावी प्रचारका कारण सामाजिक सञ्जालमा समेत व्यापक चर्चा भइरहेको छ ।ujelo.jpg