पुष्पकमल दाहालद्वारा नेकपा एमालेसँग एकताको आह्वान, मुलुकलाई संकटबाट जोगाउन राष्ट्रिय शक्ति आवश्यक

193 Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमालेलाई आफ्नो पार्टीसँग एकता गर्न आह्वान गर्नुभएको छ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक दाहालले मुलुकलाई संकटबाट जोगाउन राष्ट्रिय शक्ति आवश्यक रहेको र त्यसका लागि सबै वामपन्थी, कम्युनिष्ट र लोकतान्त्रिक शक्तिबीच एकता अपरिहार्य रहेको बताउनुभयो।

उहाँले पार्टीहरूबीचको एकता अभियानलाई तीब्र बनाउँदै प्रतिक्रियावादीहरूको चलखेल रोक्न सबै देशभक्तले एकतावद्ध भएर अघि बढ्नुपर्ने अवस्था आएको पनि औंल्याउनुभयो। दाहालका अनुसार मुलुकलाई निकास दिन वर्तमान परिस्थितिमा निर्वाचन बाहेक विकल्प नभएकाले आफूहरूले त्यसमा अडान लिएका छन्।