काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनदेखि केन्द्रीय संसदीय बोर्डमार्फत उम्मेदवार चयन गर्ने प्रचलन अन्त्य गरिने बताउनुभएको छ।
शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अब सम्बन्धित निर्वाचन क्षेत्रमै उम्मेदवार चयन गरिने व्यवस्था गरिने जानकारी दिनुभयो। उहाँका अनुसार सोही क्षेत्रका पार्टी कार्यकर्ता र आम मतदाताको सहभागितामा प्राथमिक निर्वाचन (प्राइमरी इलेक्सन) मार्फत उम्मेदवार छनोट गर्ने योजना छ।
यद्यपि, यसपटक समय अभावका कारण प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छनोट गर्न नसकिएको उहाँले स्पष्ट पार्नुभयो। समयको चापका कारण उम्मेदवारी चयन प्रक्रियालाई अझ समावेशी र सन्तुलित बनाउन नसकिएको स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सुधार गरिने उहाँको भनाइ थियो।
सभापति थापाले विशेष महाधिवेशन आफूहरूको व्यक्तिगत स्वार्थका लागि नभई नागरिक स्तरबाट उठेको ‘कांग्रेस बदलिनैपर्छ’ भन्ने आवाज र आकांक्षालाई सम्मान गर्दै गरिएको बताउनुभयो।







फेसबुकबाट तपाईको प्रतिक्रिया