काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा होमिनुभएका महावीर पुनले ‘त्रिभुज’ चुनाव चिह्न प्राप्त गर्नुभएको छ।
उहाँले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको हो। शुक्रबार सामाजिक सञ्जालमार्फत पुनले आफूले त्रिभुज चिह्न पाएको जानकारी गराउनुभएको छ।
महावीर पुनलाई उज्यालो नेपाल पार्टीले समर्थन गर्ने भएको छ। पार्टीका महासचिव धर्म चौधरीले आफ्नो दलले पुनलाई सघाउने निर्णय गरेको बताउनुभयो। उक्त क्षेत्रमा उज्यालो नेपाल पार्टीले आफ्नै उम्मेदवारी नदिएको जनाइएको छ।
महासचिव चौधरीले आफ्नो दलप्रति आस्था राख्ने तथा उज्यालो नेपालमा आबद्ध समर्थकहरूलाई महावीर पुनले पाएको चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्नुभएको छ।








फेसबुकबाट तपाईको प्रतिक्रिया