स्वचालित मार्गबाट आउने विदेशी लगानीको माथिल्लो सीमा हटाइयो, मन्त्रिपरिषद्का थप निर्णयहरू सार्वजनिक

198 Shares

काठमाडौं । सरकारले तोकिएका उद्योग–व्यवसाय क्षेत्रमा स्वचालित मार्ग (अटोमेटिक रूट) बाट भित्रिने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति दिएको छ।

माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार सरकारले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट प्राप्त हुने २० लाख अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

यसैगरी, भक्तपुर जिल्लामा नेपाल सरकारको नाममा दर्ता रहेको ५ रोपनी जग्गा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय भवन निर्माण प्रयोजनका लागि सोही प्रयोगशालालाई उपयोग गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।