राष्ट्रिय सभालाई जनअपेक्षाअनुसार प्रभावकारी बनाउन सबै दलको सहयोग आवश्यक : अध्यक्ष दाहाल

179 Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई कामकाजी, उपलब्धिमूलक र जनताको भावना तथा अपेक्षाअनुसार सञ्चालन गर्न सबै राजनीतिक दलहरूको सहयोग आवश्यक रहेको बताउनुभएको छ।

राष्ट्रिय सभाको १९औँ अधिवेशनको अवसरमा शुक्रबार शुभकामना मन्तव्य दिँदै अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमा अभिवृद्धिका लागि सांसदहरूले आगामी दिनमा अझ व्यवस्थित र जिम्मेवार भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

उहाँले जनताको भावना अनुरूप कानून निर्माणमा राष्ट्रिय सभाले अझ प्रभावकारी रूपमा काम गर्नुपर्ने उल्लेख गर्नुभयो। साथै, सरकारको कामकारबाहीलाई प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन राष्ट्रिय सभाको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ थियो।