काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने भएको छ।
गत पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा चयन भएका गगन थापा नेतृत्वको कार्यसमिति शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर पद बहाली गर्ने र त्यसलगत्तै केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको हो।
पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएअनुसार शुक्रबार दिउँसो १ बजे सभापति थापासहित निर्वाचित पदाधिकारी तथा सदस्यहरू केन्द्रीय कार्यालय सानेपामा पद बहालीका लागि जानेछन्। पद बहालीपछि केन्द्रीय कार्यसमिति बैठक बस्ने कार्यक्रम तय भएको छ।
शुक्रबारदेखि नेपाली कांग्रेसका सम्पूर्ण गतिविधि केन्द्रीय कार्यालय सानेपाबाट सञ्चालन हुने प्रवक्ता चालिसेले जानकारी दिनुभएको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया