बालेन शाह र गणेश कार्कीबीच चुनावी रणनीतिबारे छलफल

178 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) र पार्टीका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ३ का उम्मेदवार गणेश कार्कीबीच चुनावी रणनीतिबारे छलफल भएको छ।

छलफलमा मोरङ–३ केन्द्रित चुनावी अभियानलाई प्रभावकारी बनाउने, जनसम्पर्क विस्तार गर्ने तथा परिवर्तनमुखी राजनीतिक सन्देशलाई मतदातामाझ सशक्त रूपमा पुर्‍याउने विषयमा गहन विचार–विमर्श भएको जनाइएको छ।

भेटका क्रममा स्थानीय तहमा संगठन सुदृढीकरण, युवाको सहभागिता बढाउने उपाय, र नवीन चुनावी रणनीति अपनाउने विषयमा पनि छलफल भएको थियो।

रास्वपाले मोरङ–३ लाई प्राथमिकतामा राख्दै परिवर्तनको एजेन्डासहित चुनावी अभियान तीव्र बनाउने तयारी गरिरहेको जनाएको छ। सोही रणनीतिअन्तर्गत पार्टी नेतृत्व र उम्मेदवारबीच समन्वयात्मक छलफल भएको बताइएको छ।