ओलीद्वारा वर्तमान सरकारले जेनजी आन्दोलनमा हिंसा गर्नेहरूलाई कारबाही नगरेको आरोप

193 Shares

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा अरूको घर जलाउनेहरूलाई वर्तमान सरकारले कारबाही नगरेको भन्दै आक्रोश पोखेका छन्।

गृहजिल्ला झापामा जेनजी आन्दोलनको क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै उनले भने, “अहिलेको सरकार सायद उनीहरूकै सरकार हो, त्यसैले उनीहरूलाई जोगाउने काम भएको छ।”

ओलीले थपे, “अपराधलाई प्रोत्साहित गर्न सकिँदैन। आन्दोलनको नाममा कसैको घर जलाउन पाइँदैन। सरकारले कारबाही गर्नुपर्ने हो, तर कारबाही भएको छैन। समय आउँछ, कारबाही गर्ने समय आउँछ। देशलाई शान्तिपूर्ण र बस्न लायक बनाउनुपर्छ।”