180
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा आफूले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र सर्लाही–४ मा बिहीबार मात्रै जाने बताउनुभएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापाले मंगलबार मधेश प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहलाई वारेस दिएर उम्मेदवारी दर्ता गराउनुभएको हो। उहाँ अहिले काठमाडौंमै रहँदै बिहीबार निर्वाचन क्षेत्रमा जाने तयारीमा हुनुहुन्छ।
यसअघिका तीनवटा निर्वाचनमा काठमाडौं–४ बाट विजयी भएका थापा यस पटक भने मधेश प्रदेशको सर्लाही–४ बाट उम्मेदवार बनेका हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया