169
Shares
काठमाडौं । सोमबार सुनचाँदीको भाउले नयाँ उच्चतम रेकर्ड बनाएको छ। सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेर २ लाख ८२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन सुनको मूल्य २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत बुधबार सुनको मूल्य २ लाख ७८ हजार रुपैयाँमा अधिकतम रेकर्ड कायम भएको थियो, जुन सोमबार तोडिएको हो।
त्यसैगरी, चाँदीको भाउ पनि नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ। यसअघि चाँदीको उच्चतम मूल्य गत बुधबार ६ हजार ६५५ रुपैयाँ कायम भएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया