171
Shares
काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्यका साथै सातवटै प्रदेशका सभापतिहरूलाई सहभागी हुन बोलाइएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही २७ र २८ गते विशेष महाधिवेशन आह्वान गर्दै प्रक्रिया अघि बढाएपछि त्यससम्बन्धी निर्णय लिन बैठक बोलाइएको स्रोतले जनाएको छ।
यसैबीच, विशेष महाधिवेशनको प्रचार–प्रसारका लागि आज दिउँसो पदयात्रासमेत आयोजना गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया