165
Shares
काठमाडौँ। केन्द्रीय सुरक्षा समितिको नियमित बैठक गृह मन्त्रालयमा जारी रहेको छ।
देशका विभिन्न स्थानमा पछिल्ला दिनमा देखिएका सामाजिक तथा धार्मिक घटनाक्रमको समीक्षा गर्न बैठक बसेको हो। साथै समग्र सुरक्षा अवस्था, सम्भावित जोखिम र आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्न बैठक आयोजना गरिएको जनाइएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सुरु भएको बैठकमा सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ। बैठकले हालको परिस्थितिको आँकलन गर्दै आवश्यक निर्णय र निर्देशन दिने अपेक्षा गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया